My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Sunday, June 12, 2011

मानिस शाकाहारी....

मानिस पूर्णरुपले शुद्ध शाकाहारी प्राणी हो ।  जुन कुरा मानिसको बनावट, स्वभाव, यसका यस्तै अनेकौ गुणले स्पष्ट पार्दछ ।  
  • मानिसको शरीरको बनावटको हिसाबले (Anatomically ) पनि विचार गर्दा मानिसका दातहरु एक लाइनमा (टम्म) मिलेको हुन्छ जुन बादर, भैसी, बाख्राको  जस्तै ।  यस्तै यी प्राणीहरु शाकाहारी हुन् भने अर्को तर्फ मासु लुछ्नका लागि अलि ठूलो निस्केको दातहरु भएका कुकुर, बाघ जस्ता प्राणीहरु मांसाहारी हुन् ।  जुन दातहरुलाई Canine Teeth भनिन्छ । 
  • त्यसतै हामीलाई सडेको कुहेको मासु गन्हाउछ तर कुकुरलाई गन्हाउदैन त्यसैले त् कुकुर हप्ता दिन पहिलेको मरेको बैलको खुट्टा एक्लै बसी चपाईरहेको हुन्छ । 
  • अर्को कुरा हामीहरुलाई (मानिसहरुलाई) लगातार १०-१२ दिन मासु मात्र खान दिने वा खुवाई राखे मासुबाट अरुचि पैदा हुन् जान्छ तर कुकुर बाघ लाई यस्तो हुदैन । तर सधै सागपात, दही, दुध खान दिने हो भने यसबाट कुनै अरुचि पैदा हुदैन । 
  • पानी पिउने सन्दर्भमा पनि शाकाहारी प्राणी जस्तै बाख्रा, गाई, भैसी, बादरहरु पानी घुटु-घुटु गरि पिउछ्न । तर कुकुर, बिरालो, बाघले जिब्रोले चाटेर पिउछ्न ।  मानिस पनि पानी घुटु-घुटु गरी निल्छ ।  त्यसैले मानिस शाकाहारी ठहरिन्छ । 
  • Pathological Examination बाट शाकाहारी मानव भन्दा मांसाहारी मानवको रगतमा Chlestro बढेको हुन्छ जसले स्वास्थ्य क्षेत्र मा मुटुको व्याथा तथा ब्लडप्रेसर जस्तो रोग गराउछ   For English translate      

Friday, June 10, 2011

बाच्नको को लागि संघर्ष

यो एउटा सिद्धान्त हो ।  जुन सिद्धान्त English Scientist चाल्र्स डार्बिनले प्रतिपादन गरेका हुन्।  बाच्न सक्नेभन्दा बढी संख्यामा सन्तानहरुको उत्पादन भएमा बाच्नको लागि एकआपसमा प्रतिस्पर्धा हुन्छ । 

Thursday, June 9, 2011

हेलिस्कोप

हेलिस्कोप सुर्यको अवलोकन गर्न सकिने यन्त्रलाई भनिन्छ

अन्तराष्ट्रिय मुद्राकोष

सन् १९४५ अक्टोबर १६ मा यस संगठन को स्थापना भएको हो । जुन Organization ले १९४६ मा विशिष्टीकृत संस्थाको रुपमा मान्यता प्राप्त गर्यो । उक्त Organization को प्रधान कार्यालय इटालीको रोममा रहेको छ । Nepal  ले २७ डिसेम्बर, १९५१ देखि यसको सदस्यता प्राप्त गरेको छ । सन् १९७९ देखि October 16 लाई खाद्य दिवसको रुपमा मनाउने गरिएको छ । सन् १९४५ डिसेम्बर २७ मा यस कोषको स्थापना भएको हो । जुन कोषले १९४७ मा UNO को विशिष्टीकृत संस्थाको रुपमा मान्यता प्राप्त गर्यो । उक्त Organization को प्रधान कार्यालय Washington D.C. मा  रहेको छ । Nepal  ले ६ सेप्टेम्बर  १९६१  मा  यसको सदस्यता प्राप्त गरेको हो । यसका मुख्य उद्देश्यहरु अन्तराष्ट्रिय आर्थिक सहयोगलाई प्रोत्साहन गर्नु, अन्तराष्ट्रिय व्यापार विस्तारलाई प्रोत्साहन गर्नु, सदस्य राष्ट्रहरुबीच विनिमय स्थिरता बढाउनु, विदेशी विनिमय प्रतिबन्ध हटाउनु तथा सदस्य राष्ट्रहरुलाई आर्थिक सहायता गर्नु आदि हुन् । 
यसका प्रमुख अंगहरु:-
  • गभर्नर परिषद 
  • कार्यकारी परिषद र 
  • प्रबन्ध संचालक 

खाद्य तथा कृषि संगठन

सन् १९४५ अक्टोबर १६ मा यस संगठन को स्थापना भएको हो । जुन Organization ले १९४६ मा विशिष्टीकृत संस्थाको रुपमा मान्यता प्राप्त गर्यो । उक्त Organization को प्रधान कार्यालय इटालीको रोममा रहेको छ । Nepal  ले २७ डिसेम्बर, १९५१ देखि यसको सदस्यता प्राप्त गरेको छ । सन् १९७९ देखि October 16 लाई खाद्य दिवसको रुपमा मनाउने गरिएको छ । 
यसका प्रमुख अंगहरु: 
  1. महासभा,
  2. परिषद र
  3. सचिवालय हुन् 

प्रत्यक २ वर्षमा महासभा बस्छ । भने परिषदको बैठक प्रत्येक वर्ष बस्छ, जसमा ४९ जना सदस्यहरु रहन्छन । उक्त संस्थाका मुख्य उद्देश्यहरु यसप्रकार छन :-
  • जीवन र पोषणको स्तरमा सुधार ल्याउनु 
  • खाद्यन्नहरुको प्रशोधन, बजार व्यवस्था र वितारणमा सुधार ल्याउनु
  • भोकको उनमुलन गर्नु
  • ग्रामिण विकास गर्नु
  • ग्रामिण जनताको जीवन स्तरमा सुधार ल्याउनु


Monday, June 6, 2011

विश्वसम्पदामा नेपाल

विश्वसम्पदा सूचीमा संसारबाट प्राकृतिक, एतिहासिक, धार्मिक, सांस्कृतिक वा पुरातात्त्विक विशिष्टता र मौलिकता बोकेका करिब ९०० प्राकृतिक वा सांस्कृतिक सम्पदाहरु UNO को विशिष्टीकृत संस्था UNESCO द्वारा विश्व सम्पदा  सूची (World Heritage Site) मा सूचिकृत भएका छन । नेपालको चितवन र सगरमाथा दुई राष्ट्रिय निकुन्ज र लुम्बिनी, पशुपतिलगायतका  आठ सांस्कृतिक सम्पदाहरु सो सूचीमा सुचिकृत भएका छन 
 नेपालका सम्पदाहरु :-
लुम्बिनी     मुख्य आकर्षण       बुद्धको जन्मस्थल, मायादेवी मन्दिर, अशोकस्तम्भ, पोखरी, संग्रहालय आदि । 
पशुपति क्षेत्र   मुख्य आकर्षण      पशुपतिनाथको मन्दिर, जयवागेश्वरी, देवपत्तन, श्लेषमान्तक वन, गुहयेश्वरी, आदि । 
चांगुनारायण   मुख्य आकर्षण       चांगुनारायण मन्दिर, शिलालेख आदि । 
बौद्धनाथ     मुख्य आकर्षण      बौद्धस्तुप । 
स्वयम्भुनाथ   मुख्य आकर्षण      नेपालको सबभन्दा ठूलो बुद्धको मूर्ति, स्तुप, विहार आदि । 
सगरमाथा राष्ट्रिय निकुन्ज    मुख्य आकर्षण     सगरमाथा, ल्होत्से, चोयु जस्ता हिमशिखर, डाफे, हिउचितुवा आदि । 
चितवन राष्ट्रिय निकुन्ज      मुख्य आकर्षण      एकसिंगे गैडा, पाटेबाघ, मयुर आदि जीवजन्तुहरु र विविध वनस्पतिहरु । 
हनुमानढोका दरबार क्षेत्र      मुख्य आकर्षण    काष्ठ्मंड़प, हनुमानको मूर्ति, वसन्तपुर दरबार, तलेजु मन्दिर, कुमारी घर, संग्रहालय आदि । 
पाटन दरवार क्षेत्र          मुख्य आकर्षण       कृष्ण मन्दिर, महाबौद्ध, रातो मच्छिन्द्रनाथको मन्दिर, संग्रहालय आदि । 
भक्तपुर दरबार क्षेत्र       मुख्य आकर्षण     पचपन्न झ्याले दरबार, न्यातपोल मन्दिर, स्वर्णद्वार, संग्रहालय आदि ।  

हामी नेपाली

नेपाल एक बहुधार्मिक, बहुजातीय, बहुसांस्कृतिक राष्ट्र हो ।  जहा विभिन्न धर्म जाति, संस्कृति भएका मानिसहरु बसोबास गर्छन ।  भौगोलिक विविधतामा हिमाल, पहाड र तराई गरी बाडिएको देश नेपालमा विविध विविधताभित्र विभन्न शैली, सास्कृतिक धरोहर हुदाहुदै पनि एकताको मालामा गासिएका नेपालीहरु बस्दछ्न ।  हिन्दु, बौद्ध, इस्लाम, क्रिस्चियन, किरात आदि अनेकौ धर्म अंगाल्ने धेरै धर्मावलम्बिहरु यहा रहेका छन । र तिनीहरुले मनाउने चाड पर्वहरु पनि फरक प्रकृतिका छन ।  त्यस्तै जात अनुसार विभिन्न मातृभाष बोल्ने समुदाय बस्छन । यसबीचमा जे जस्तो भएता पनि नेपालीहरु विविधतामा एक भएर समाजभित्र, राष्ट्र भित्र एकआपसमा एकता र मैत्रीपूर्ण वातावरणमा मिलिजुली बसेका छन ।  जसले नेपालीपनको झा-झल्को स्पष्ट व्याख्य गर्दछ ।  जुन धर्म, जुन जाति, जुन पेशा, जुन क्षेत्र, जहा रहेता पनि साचिनै (actually ) हामी नेपाली हौ भन्ने भावना नेपालीहरुमा रहेको छ ।