My Blog List
Monday, June 6, 2011
हेपाटाइटिस 'सी'
यो रगतबाट प्रवेश गर्ने एक प्रकारको Virus हो । यसले कलेजो संबन्धी ठूलो रोग Liver Psychosis लाग्दछ । जसबाट अन्त्यमा बिरामीको मृत्यु हुन्छ । यो विरुस ले बारंबार आफ्नो रुप वा बनोटलाई परिवर्तन गरिरहने हुदा यस रोगको पत्ता लगाउन तथा उपचार गर्न कठिन हुन्छ । यिनी ११ प्रकारका हुन्छन तर बनोटका आधारमा यिनी 'A' देखि 'G' सम्मको उपसमूहमा विभाजन गरिएको छ ।
एक्युपनचर
शरीरका खास- खास ठाउमा सियोले घोचेर उपचार गर्ने पद्धतिलाई Acupuncture भनिन्छ । यो चिकित्सा पद्धति करिव चार हजार वर्ष अगाडी चीनबाट शुरु भएको थियो । यस पद्धतिबाट ढाड ढुखने, पिनास, बाथ, टाउको ढुखने, गर्दन दुख्ने, महिनाबारी गडवडी आदि रोगको उपचार हुन्छ । यो पद्धतिबाट कुनै किसिमको side effect नहुने तथा यो एउटा प्राकृतिक चिकित्सा पद्धति भएकोले धेरै रोगीहरु यसप्रति बढी आकर्षित भएको पाइन्छ।
एड्स
AIDS को पुरा रुप Acquired Immune Deficiency Syndrom हो । हाम्रो शरीरमा रोगको विरुद्ध लड्ने प्रतिरक्षा शक्ति कमि भएको बेला नै AIDS हो । यसलाई अर्को शब्दमा भन्नुपर्दा AIDS एउटा रोग मात्र नभई शरीरको रोग प्रतिक्षा गर्ने प्राकृतिक क्षमता कमजोर भएर जाने लक्षणहरुको समूह हो । यो रोग सन् १९८१ मा South Africa मा देखापरेको हो । HIV (Human Immune Deficiency Virus) भाइरसले रगतको श्वत कोशिकालाई नष्ट गरेर यस्तो अवस्था पैदा गरिदिन्छ कि जसबाट रोगीहरुको रोगहरुबाट लड्ने क्षमता नै क्षीण हुन्छ ।
Nepal मा सन् १९८८ मा पहिलोपटक हिव संक्रमित व्यक्ति फेला परेको थियो ।
Sunday, June 5, 2011
सरुवा रोग र सर्ने माध्यम
रोगहरु : लुतो, घाउ, खटिरा, आखा पाक्ने
सर्ने माध्यम : संसर्ग- रोगी व्यक्तिलाई छुदा वा उसंग नजिकिदा वा लसपस गर्दा
रोगहरु : निमोनिया, दादुरा, क्षयरोग, रुघाखोकी
सर्ने माध्यम : हावाको माध्यम
रोगहरु : झाडापखाला, आँउ, हैजा, हेपाटाइटिस 'ई'
सर्ने माध्यम : दूषित खाना र पानीबाट
रोगहरु : मलेरिया, कालाजार, जापानिज इन्सेफ़लाइटिस्
सर्ने माध्यम : लामखुट्टेको टोकाइबाट
रोगहरु : गोनोरिया, भिरींगी, एच. आई. भी. एड्स.
सर्ने माध्यम : यौन सम्पर्कबाट
रोगहरु : हेपाटाइटिस 'बी', एच. आई. भी. एड्स, रेविज
सर्ने माध्यम : सुईबाट
रोग : रेविज
सर्ने माध्यम : जनावरको टोकाइबाट
For English Translate
For English Translate
सरुवा रोगका प्रमुख कारणहरु:
व्याक्टेरियल संक्रमण
भाइरल संक्रमण
प्रोटोजोअल संक्रमण
फंगस संक्रमण
जुका तथा अन्य कारणहरु
अम्लपित्त
अम्लपित्तलाई अर्को Gastric भनेर चिनिन्छ । यसलाई English मा Acidity भनिन्छ । यसका लक्षणहरु मुटु पोल्ने, पेट दुख्ने हुन् । यो रोग धेरै दिनसम्म रहिरहयो भने पेट भित्रको जालो यसले पोलिदिन्छ । अमाशय र सानो आन्द्राको जाली जसलाई देनुम भनिन्छ । जहा घाउ बनाई दिन्छ, उक्त घाउ अनि पोलेकोलाई उल्चेर भनिन्छ । अल्सर भनेको एक किसिमको घाउलाई सम्झे पनि हुन्छ ।
Subscribe to:
Posts (Atom)
