My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Monday, May 9, 2011

महाभारत सम्बन्धी वस्तुगत जानकारी

  • वेद्व्यासको जन्म तनहुँको दमौलीमा भएको थियो। महर्षि वेद्व्यासद्वारा रचित महाभारत लाई - पञ्चमवेद पनि भनिन्छ। महाभारत, अठार पुराण, अठार उपपुराणका स्रस्टा महर्षि वेदव्यास हुन्। पुराणमा उल्लेख भएअनुसार वशिष्ठ ऋषि को जन्म वेश्याबाट, भारद्वाजको जन्म शुद्रिनिबाट भएको थियो। यसै गरी वेदव्यास को जन्म - मत्स्यगन्धा (माझीकी छोरी) बाट भएको हो। महापुराण मा अठार हजार श्लोक छन्। श्रीमदभागवत महाभारतको भीष्म पर्व अन्तर्गत पर्छ।
  • पाण्डवहरू कुरुवंशका थिए। व्यासको आशिर्वादले अम्बिका अम्बालिकाबाट क्रमश ; धृतराष्ट्र पान्डु को जन्म भएको थियो। धृरतराष्ट्र पाण्डुका बाबु विचित्रविर्य हुन्। अन्धा धृरतराष्ट्रलाई युद्ध को वर्णन सुनाउने - सञ्जय थिए। धृरतराष्ट्रका सञ्जय सारथी थिए।
  • महाभारतको युद्ध भएको ठाउँलाई कुरुक्षेत्र भनिन्छ। महाभारतको युद्धमा कौरवको पक्ष लिई लड़ने राजा जरासन्धलाई भिमसेनले खुट्टा फट्टाई चिरेर मारेका थिए।
  • कौरवका कुल गुरु कृपाचार्य हुन्। कौरवका मामा शकुनी हुन्। शकुनीका छोरा उलुकहुन्। महाभारत युद्धको अन्त्यमा सहदेवले शकुनी को बध गरेका थिए।
  • भिष्मपितामहको अर्को नाम देवव्रत हो। भिष्मपितामहका बाबूको नाम संताणुथियो।
  • धृतराष्ट्रका सय भाई छोराहरू मध्ये पाण्डवको पक्षमा गई युद्ध मा सहभागी हुने युयुत्सु हुन्।
  • अत्रिऋषिकी छोरी अपाला हुन्।
  • द्रौपदीका दाजु धृष्टधुम्न हुन्। द्रौपदीको वास्तविक नाम कृष्णा हो। पौराणिक कथाअनुसार द्रौपदी अग्निकुण्डबाट पैदा भएको मानिन्छ। पुराणमा अयोनिज नारी द्रौपदी सीतालाई भनिन्छ। द्रौपदी हरण गर्ने सिन्धु देशका राजा जयद्रथ (दुर्योधनकी बहिनी दु:शलाका पति) हुन। महाभारतमा द्रौपदीको सारी खिच्ने व्यक्ति - दुशासन थिए। द्रौपदी बाहेक अर्जुनकी अर्की पत्नी चित्रांगदा थिइन।
  • अघिल्लो जन्ममा स्त्री पछिल्लो जन्ममा पुरुष हुने महाभारतका पात्र शिखण्डी हुन्।
  • अस्वत्थामा द्रोणाचार्य का छोरा हुन्। पाँच पाण्डवलाई सुतेको अवस्थामा मार्ने व्यक्ति - अश्वत्थामा थिए। द्रोणाचार्य द्रुपद्का धनुर्विद्यागुरु - अग्निवैश्य थिए। द्रोणाचार्य कृपाचार्यबीच द्रोणाचार्य (भिनाजु), कृपाचार्य (साला) नाता पर्थ्यो।
  • दानवीर भन्नाले - कर्ण लाई बुझाउँछ।
  • ग्रन्धकार ऋषि भनी चिनिने ऋषि वेदव्यास हुन्। महर्षि वेदव्यासलाई अर्को नाम द्वैपायनले चिनिन्छ। वेदव्यासका बाबु आमाको नाम पराशर ऋषि मत्स्यगन्धा (सत्यवती), वशिष्ठ ऋषि - अप्सरा उर्वसीका छोरा थिए। वेदव्यासकी पत्नी पिंगलाहुन्।
  • परशुराम ऋषि जमंदग्नी का छोरा थिए। परशुरामका बाबु जमदग्नि हुन्, आमा - रेणुका हुन्।
  • कृष्णले मामाकंसलाई मारेपछि मथुराका राजा उग्रसेन भएका थिए। शनिका बाबु सूर्य हुन् भने आमा छाया हुन्।
  • भिमसेन का छोरा घटोत्कचक हुन भने घटोत्कचकका छोरा - पर्वरिक हुन्। घटोत्कचकी आमा हिडिम्बा हुन।
  • नहकुलका छोराको नाम शतानिक हो।
  • अज्ञातवासमा रहँदा युधिष्ठिरको नाम कंक, भिमको नाम - वल्लभ, अर्जुनको नाम वृहन्नला थियो। नकुललाई ग्रन्थिक सहदेवलाई - तन्त्रिपाल भनी चिनिन्थ्यो।
  • पौराणिक युगका महान आविष्कारकर्ता तथा शिल्पशास्त्रका मर्मज्ञ मानिने विश्वकर्मा, उनकी पत्नी को नाम - रचना हो।
  • महाभारतको युद्ध पश्चात पाण्डव पक्षका जना बाँचेका थिए भने कौरव पक्षका जना बाँचेका थिए।
  • कलियुगको प्रारंभ - राजा परीक्षित को पाला देखि भएको हो। परीक्षितलाई सर्वप्रथम श्रीमदभागवत गीता सुकदेवले सुनाएका थिए।
  • महाभारतमा वर्णित इन्द्रप्रस्थ सहर हालको नयाँदिल्ली ठाउँमा पर्छ।

No comments:

Post a Comment