My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Saturday, June 18, 2011

सीता

सीता नेपालको प्राचिन मिथिला प्रदेश (Now : Dhanusha District of Janakpur Zone )    भन्ने ठाउमा राजा जनककी छोरीको रुपमा जन्मलिएकी थिइन्   यिनी एक आदर्श नारी आचरणको एक उज्जवल नक्षत्र भएकी नारी थिइन् यिनलाई अर्को दशरथकी बुहारी र मर्यादा पुरुषोत्तम रामकी पत्नी भनेर चिनिन्छ  यिनको अयोध्याका राजकुमार रामसंग पराक्रम विवाह भएको थियो  दरबारको सुखसयललाई त्यागेर रामसंगै वनवास लागेकी सीताले वनमा रहदा अनेकौ दु:ख कष्ट सहेर पनि पतिको सेवामा  सधै समर्पित रहिन  लंकाका राजा रावणले पंचवटी (Current this place is Godhawai of Nepal , Near Kathmandu City) बाट यिनलाई अपहरण गरी अशोक बाटिकामा राखेर अनेक प्रलोभन, डर, त्रास, र धम्की देखाउदासमेत यिनको चरित्र बलका अगाडी राजा रावण झुक्न वाध्य भएको थियो 
जब १४ वर्ष वनमा बसी रावण माथि रामले विजय प्राप्त गरीसकेपछि सीता रामको साथमा घर फर्किन  तर लामो समयसम्म रावणबाट अपरित भइ लंकामा विताउनु परेको त्यो क्षणलाई लिएर कतिपय मानिसहरुले सीताको चरित्रमाथि  शंका उठाएका कारण यिनी अग्नि परिक्षामा उतारिन  भन्नेले जे भने पनि पतिब्रता नारी सीता परिक्षामा उत्री आफ्नो शुद्धताको परिचय दिइन्  
तर एकदिन धोवीको आक्षेपका कारण राम द्वारा सीता त्यागिन पुगिन र पुन: वनवास पठाइयो  जुन बेला उनी गर्भवती थिइन् । वनवासको त्यो समयमा बाल्मिकी ऋषिको आश्रममा शरण लिन पुगेकी सीताले दुई पुत्रहरू लव कुशलाई जन्म दिई हुर्काइन 
यी यस्तै अनेकौ त्याग, तपस्या, सहनशीलता कर्तव्यपरायणता जस्ता महान गुणले युक्त सीताको जीवनगाथाले हामी अहिलेका मानव समुदायलाई आफ्नो कर्तव्य प्रति सधै सजग र समर्पित रहन प्रेरित गरिरहेको छ  यसैले त आज यिनलाई एक महान विभूतिका रुपमा सम्मानित गरिन्छ 

जनक

जनकको वास्तविक नाम शिरध्वज हो  यिनलाई राजर्षी महाराज पनि भनी चिनिन्छ यिनी सत्यनिष्ठ, कर्तव्यनिष्ठ, आत्मज्ञानी र विद्वान राजा थिए  जसले प्राचिन मिथिला प्रदेश (Now : Dhanusha district of Janakpur Zone ) मा राज्य गर्दथे  'जनक' यिनको वंशको नाम हो यिनी आदर्श नारी सीताका बाबु हुन् र यिनका पुरोहित ऋषि याज्ञबल्क्य थिए 
यिनले दिएका ५ उपदेशहरु :-
  • सबै मिलेर संगै बसौ
  • सबै मिलेर बाडचुड गरी संगै खाऔ
  • सबै मिलेर एक भई काम गरौ
  • सबै मिलेर संसारमा शान्ति कायम गरौ
  • शान्ति कायम गर्न लडाई झगडा गर्न नपरोस्

यिनले त्यो समय, त्यो युगमा अवलम्बन गरेका सिद्धान्तहरु आदर्श राज्यको अवधारणलाई सार्थक तुल्याउन साथै सिङ्गो मानव हितका लागि महत्वपूर्ण र अमूल्य रहेकाले पनि यिनलाई राष्ट्रिय विभूतिका रुपमा हिजो सम्मानित गरिन्थ्यो, आज गरिन्छ र भोलि पनि सम्मानित गरिनेछ 

Friday, June 17, 2011

भूपतीन्द्र मल्ल

जन्म    : वि.सम. १७३१
पिता    : जितामित्र मल्ल
राजा भएको मिति  : वि.सम. १७५३ (२२ वर्षको उमेरमा भादगाउको राजा)
शासन काल : २६ वर्ष
निर्माण    : न्यातपोल (५तले) देवल, दरवार अगाडी प्रस्तर स्तम्भमा आफ्नो भव्य सालिक बनाए, वि.सम.         १७५४ मा मालती चोकको निर्माण र त्यसको नजिकमा सुन्धारा, हनुमान, नरसिंह आदिको स्थापना, भक्तपुरमा ५५ झ्याले दरबार, 
रचना    : हरगौरी विवाह, उषाहरण, जैमिनी भारत जस्ता नाटकहरु तथा थुप्रै गीत- पद्य संग्रहहरु
निधन   : वि.सम. १७७९ वैशाख शुक्ल पूर्णिमाका दिन 

महेन्द्र मल्ल

पिता   : नरेन्द्र मल्ल
राजा भएको मिति  : १६१७ मा (कान्तिपुरका राजा)
यिनले प्रचलनमा ल्याएको चादीको मुद्रा हो, जसलाई "महेन्द्र मल्ली" भनिन्छ । यो प्रचलनमा ल्याउने सुझाव एक जोडा हास र एउटा सिकारी बाज उपहार पठाई दिल्लीका मुगल बादशाहलाई खुशी पारी यिनले पाएका थिए  घरेलु उद्योगलाई प्रोत्साहन दिने राजा यिनले दिल्लीसंग संझौता गरी विनिमय दर निश्चित गर्नुको साथै तिब्बतसंगको व्यापार पनि राम्रो बनाएका थिए  यिनी प्रजावत्सल (प्रजाले नखाएसम्म आफुले नखाने) राजा थिए  यिनले जुवा खेल्नेलाई दण्ड दिने व्यवस्था गरेका थिए 
निर्माण  : तलेजु मन्दिर
चलन     : स्वेत विनायक यात्राको 
निधन    : वि.सम. १६३१ मा (करिव १४ वर्ष कान्तिपुरमा शासन गरी)

जयस्थिति मल्ल

विशेषता : एक प्रतापी तथा समाजसुधारक राजा,
                यिनका उत्तराधिकारी थिएँन,
विवाह  : वि.सम. १४११ मा ८ वर्षकी राजल्लदेवी संग
वंश      : कर्नाट वंशी
मृत्यु    : वि.सम. १४५२ भदौ मा  
यिनले गरेका कार्यहरु :-

  • भारदारहरुले मल्लप्रति बाहिरबाट आएको भनी असन्तुष्टि देखाउदा पनि शासन सत्तामा बलियो पकड जमाउन सफल,
  • वि. सम १४३७ मा अर्जुन मल्ललाई बनेपा पठाएपछि नै यिनको वास्तविक शासन शुरु,
  • समजसुधारका लागि भारतबाट रघुनाथ झा, रामनाथ झा, किर्तिनाथ उपाथ्याय, महिनाथ भट्ट आदि विद्वान  
  • झिकाई मनुस्मृति र वर्णमालामा आधारित समाजको स्थापना,
  • समाजलाई ४ जात १८ वर्णमा विभाजन गरी श्रमको विभाजन,
  • जग्गाको नापजाच गरी उत्पादन क्षमताको आधारमा जग्गालाई अब्बल, दोयम, सीम, चाहार गरी ४ तहमा विभाजन,
  • तिब्बतसंगको व्यापार अभिवृद्धि गर्न एक व्यापारिक टोली चीन पठाउने कार्य,
  • नापतौलमा आधुनिकरण गर्न माना, पाथी, ढक, तराजुमा आवश्यक सुधार,
  • जग्गा बेचबिखन र बन्धक राख्ने व्यवस्था,
  • पशुपतिघाटमा लवकुश सहितको राममन्दिर, ललितपुरमा कुम्भेश्वर मन्दिर, उन्मत्त भैरवको स्थापना,
  •  गोरखनाथ र गोकर्णेश्वरको पुजाको चलन चलाएका,
  • चोरी तथा ज्यानसम्बन्धी मुद्दामा कडा सजायको व्यवस्था तथा अन्य मुद्दाहरुमा अपराधको प्रकृति हेरी आर्थिक जरिवाना तिर्ने व्यवस्था
इत्यादि अन्य कार्य गर्दै सामाजिक सुधारक क्षेत्रमा ख्याती कमाएका थिए 

अरिमल्ल (Ari Malla)

यिनी प्रथम Malla राजाको रुपमा मानिन्छन  यिनी वि.सम. १२५७ मा ४६ वर्षको उमेरमा राजा भएका थिए । यिनले राजा भैसकेपछि धारण गरेका उपाधिहरु : 
  • राजाधिराज
  • परम भट्टारकराज
  • नेपालेश्वर र 
  • महाराजा धिराज

जन्म  : वि. सम. १२११ (बाबु कुस्ती खेलिराखेको बेला जन्मेका र त्यसैले नामको पछाडी मल्ल उपाधि राख्न थालेको भन्ने भनाइ छ
बाबु    : मित्रदेव
यिनको शासनकालमा ठूलो अनिकाल पर्दा राज्यको तर्फबाट आर्थिक सहयोग प्रदान भएको कुराले यिनलाई जनताको पीरमर्का भुझने राजा भंनिन्छ । यिनी शास्त्रादिमा पनि निपुर्ण थिए भनिन्छ 
मृत्यु  : वि.सम १२७४ मा ६३ वर्षको उमेरमा 

श्री ५ पृथ्वी नारायण शाह

श्री ५ पृथ्वी नारायण शाहको जन्म वि.सम. १७७९ पौष २७ गते पिता नरभूपाल शाह र माता कौशल्यावतिका कोखबाट गोरखा दरबारमा भएको थियो । यिनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी संग वि.सम. १७९४ मा र दोस्रो विवाह बनारसका राजपुत अभिमानसिंहकी छोरी नरेन्द्रलक्ष्मीसंग भएको थियो  यिनी वि.सम १७९९ मा २० वर्षको उमेरमा राजा भएका थिए  राजा भैसकेपछि आफ्ना पिता नरभूपाल शाहको एकिकरणको सपनालाई साकार पार्न लागिपरे यिनले वि.सम १८०१ मा नुवाकोट, १८१९ मा मकवानपुर माथि विजय हासिल तथा वि.सम १८२२ मा किर्तिपुर कब्जा, १८२५ मा काठमाडौँ कब्जा गर्दै आधुनिक नेपालको शिलान्यास गर्न सफल बने, यस्तै वि.सम १८२५ पौष मा ललितपुर, वि.सम १८२६ मङ्सिर १ मा भक्तपुर विजय गरेका थिए  यिनले विभाजित राज्यहरुलाई एउटा सुत्रमा उनेर नेपालको अस्तित्व जोगाउन महत्त्वपूर्ण योगदान पूरया  यो कार्य गरेका हुनाले यिनलाई बडामहाराजाधिराज तथा राष्ट्रिय एकताका पक्षमा उल्लेखनीय कार्य गरेकाले राष्ट्रनिर्माता भनी चिनिन्छ  यिनको वि.सम. १८३१  माघ १ गते नुवाकोटको देवीघाट भन्ने ठाउमा त्रिशुली नदीको किनारमा स्वर्गारोहण भएको थियो 

श्री ५ प्रताप सिंह शाह

श्री ५ प्रताप सिंह शाहको वि.सम. १८०८ जेठ मा पिता श्री ५ पृथ्वी नारायण शाहको सुपुत्रका रुपमा जन्म भएको थियो । यिनी  वि.सम. १८३१ मा  नेपालको राजा भएका थिए । भोग विलास तथा तन्त्रविद्या प्रति झुकाब भएकाले यिनको राजकाज प्रति त्यति रुची थिएन । यिनले विजयपुर, कविलासपुर, तनहु, सुमेश्वर गढ़िमाथी विजय गरि नेपालमा गाभेका थिए । तर मोरंग माथि १७ पटक सम्म आक्रमण गर्दा पनि असफल भएका थिए । यिनले वि.सम. १८३२ मा नेपाल तिब्बत सन्धि गरी तिब्बतसंगको व्यापारलाई बढाएका थिए यिनले आफ्नै भाई बहादुर शाह र दलमर्दन शाहलाई गद्दी ताकेको आरोपमा नजरबन्द गरेका थिए  यिनले "वृहत पुराश्चार्याणव" नामको तन्त्रविद्या सम्बन्धि पुस्तक लेखेका थिए    यिनको वि.सम. १८३४ मा २ वर्ष दश महिनाको शासन पश्चात स्वर्गारोहण भएको थियो 

Tuesday, June 14, 2011

श्री ५ रणबहादुर शाह

श्री ५ रणबहादुर शाहको वि.सम. १८३२ जेठ १० गते पिता श्री ५ प्रतापसिंह शाह र माता राजेन्द्र लक्ष्मीको सुपुत्रका रुपमा जन्म भएको थियो । यिनी अढाई वर्षको उमेरमा वि.सम. १८३४ मङ्सिरमा नेपालको राजा भएका थिए । यिनी नाबालक भएकाले राजमाता राजेन्द्र लक्ष्मी र बहादुर शाहले नायवी चलायक थिए । यिनी वि. सम. १८५५ मा छोरा गीर्वाणयुद्ध विक्रम शाहलाई राजा घोषणा गरी प्रिय रानी कान्तिवतीको चाहना पुरा गर्दै तथा दरवारिया राजनीति र विदेशी तत्वहरुको घाट प्रतिघातको कारणले  काशीतिर प्रस्थान गरे । तर रानी कान्तिवतीको मृत्युपछि विक्षिप्त बनेका रणबहादुर शाह वनारसबाट फर्की पुन: शासन सत्ता संचालन गर्न खोज्दा कचिंगल उत्पन्न भयो । यस्तै आन्तरिक खिचलोको कारण वि.सम. १८६३ मा आफ्नै सौतेनी भाइ शेरबहादुर शाहद्वारा यिनको हत्या भयो 

श्री ५ गीर्वाणयुद्ध विक्रम शाह


श्री ५ गीर्वाणयुद्ध विक्रम शाह वि.सम. १८५४ आश्विन ११ गते पिता श्री ५ रणबहादुर शाह र माता कान्तिवतिका सुपुत्रका रुपमा जन्म भएको थियो । यिनी डेढ वर्षको उमेरमा वि.सम. १८५५ फागुन २८ गते नेपालको राजा भएका थिए । यिनको पालामा सुगौली सन्धि, नेपालको सिमान विस्तार र रणबहादुर शाहको हत्या जस्ता घटनाहरु घटेका थिए । यिनको वि. सम. १८७३ मा २० वर्षको अल्पायुमा बिफरको प्रकोपमा परी देहावसान भएको थियो 

श्री ५ राजेन्द्र विक्रम शाह

श्री ५ राजेन्द्र विक्रम शाह वि.सम. १८७० मङ्सिर महिनामा श्री ५ गीर्वाणयुद्ध विक्रम शाहका सुपुत्रका रुपमा जन्म लिएका थिए । यिनी ३ वर्षको उमेरमा वि.सम. १८७३ मा पिता श्री ५ गीर्वाणयुद्ध विक्रम शाहको मृत्यु पछि राजा भएका थिए । यिनलाई कोतपर्व, भण्डारखाल पर्व पछि छोरा युवराज सुरेन्द्रलाई राजप्रतिनिधि बनाई महारानी राज्यलक्ष्मीदेवीका साथ काशीतिर प्रस्थान गरेका थिए । जंगबहादुर विरोधी कार्यमा लागेको आरोप लगाई यिनलाई काशिमै रहेको बेला सत्ताच्युत गरिएको थियो  साथै यिनलाई अलौपर्व पछि वि. सम. १९०४ देखि १९३८ सम्म शाही बन्दीका रुपमा हनुमानढोकामा थुनिएको थियो र यहि अवस्थामा राजेन्द्रविक्रम शाहको निधन भएको थियो 
यिनको पालामा भएका प्रमुख केहि घटनाहरु  :-
  • भिमसेन थापाको देहत्याग,
  • माथवरसिंह थापा र गगनसिंहको हत्या,
  • कोतपर्व, भण्डारखाल पर्व, अलौ पर्व


श्री ५ युवराज त्रैलोक्य

श्री ५ त्रैलोक्य विक्रम शाह वि.सम. १९०४ मङ्सिर महिनामा श्री ५ सुरेन्द्रका जेष्ठ सुपुत्रका रुपमा जन्म लिएका थिए । यिनले राणाहरुको हातमा पुगेको राजकीय अधिकार पुन: राजामा फिर्ता गराई राजमुकुट पहिरने प्रण गरेका थिए  तर यिनलाई आफ्नै रानीहरु ललितकुमारी र ताराकुमारी देवी एवम धिरशमशेरले षड्यन्त्रमा पारी वि.सम. १९३४ मा विष सेवन गराई यिनको हत्या गरेका थिए । रानीहरु (ललितकुमारी र ताराकुमारी देवी) जंगबहादुरका छोरीहरु हुन् 

श्री ५ पृथ्वी वीरविक्रम शाहदेव

यिनको वि.सम. १९३२ मा युवराज श्री ५ त्रैलोक्य विक्रम शाहका जेठा सुपुत्रको रुपमा जन्म भएको थियो  यिनी ६ वर्षको उमेरमा यिनका हजुरबुबा श्री ५ सुरेन्द्रको मृत्युपछि वि. सम. १९३८ को श्रावण महिनामा राजा भएका थिए । यिनको मृत्यु वि.सम. १९३८ मा २९ वर्षको शासनकालपछि भएको थियो 
यिनको पालामा भएका प्रमुख केहि घटनाहरु तथा निर्माण कार्यहरु :-
  • ३८ साल पर्व,
  • ४२ साल पर्व,
  • वीर अस्पताल, घन्टाघर निर्माण, गोरखापत्र प्रकाशन, नारायणहिटी राजदरबारमा राजाको बसोबास

यिनको शासनकालमा प्रधानमन्त्री बनेकाहरुको सुची यसप्रकार छ ।:-
  • रणोद्दीप,
  • वीरशमशेर ,
  • देवशमशेर र 
  • चन्द्रशमशेर

श्री ५ महेन्द्र

श्री ५ महेन्द्रको जन्म वि. सम. १९७७ जेठ ३० मा माता कान्ति राज्यलक्ष्मी देवीको कोखबाट भएको थियो । यिनका पिता श्री ५ त्रिभुवन हुन् । नेपालका शाहवंशीय राजाहरुमध्ये प्रखर राजनीतिज्ञ तथा चिन्तक मानिने श्री ५ महेन्द्र राजा श्री ५ त्रिभुवन (father of Mahendra )  को मृत्यु  पछि नेपालको राजा वि. सम. २०११ चैत्र १ गते राज्यारोहण गरेका थिए । वि. सम. २०१३ वैशाख २० गते यिनको शुभराज्याभिषेक समारोह सम्पन्न भएको थियो । यिनको पालामा भएका केहि घटनाहरु :-
  • नेपाल अधिराज्यको संविधान २०१५ जारी,
  • आमनिर्वाचन,
  • निर्दलीय पंचायती व्यवस्थाको आरम्भ,
  • भूमीसुधार कार्यक्रम,
  • आधुनिक योजनाबद्ध विकासको जग,
  • प्रकाशनमा आधुनिकरण

श्री ५ महेन्द्रको शासनकालमा प्रधानमन्त्री बनेकाहरुको सुची यसप्रकार छ ।:-
  • टंकप्रसाद आचार्य
  • डा. के. आई. सिंह
  • बी. पी. कोइराला
  • डा. तुलसी गिरी 
  • सूर्यबहादुर थापा  र 
  • किर्तिनिधि विष्ट

यिनले "उसैको लागि (२०१५)" र "फेरी उसैको लागि (२०२१)" जस्ता काव्य कृतिहरु प्रकाशित  तथा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना गरी साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुरयाका छन । यिनको चितवनको दियालो बंगलामा वि. सम. २०२८ माघ १७ (Monday, January 31, 1972) गतेका दिन स्वर्गारोहण भएको थियो 

Monday, June 13, 2011

श्री ५ सुरेन्द्र

श्री ५ सुरेन्द्र विक्रम शाहको जन्म १८८६ आश्विन २० गते भएको थियो  यिनका पिताको नाम श्री ५ राजेन्द्र विक्रम शाह थियो  यिनलाई बालक अवस्थामै राजप्रतिनिधि बनाई राजेन्द्र आफु काशीतिर प्रस्थान गर्नुभएको थियो  वि. सम. १९०४ मा बाबु (श्री ५ राजेन्द्र) लाई जंगबहादुर विरुद्धको गतिविधिमा लागेको आरोप लगाई काशी भएकै बखत सत्ताच्युत गरिएपछि यिनलाई नेपालको राजा बनाइएको थियो  यिनको वि. सम. १९३८ सालमा स्वर्गारोहण भएको थियो 

श्री ५ दीपेन्द्र

श्री ५ दीपेन्द्रको श्री ५ महाराजधिराज वीरेन्द्र वीर वीक्रम शाहदेव र श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहका जेष्ठ पुत्रका रुपमा विक्रम संवत २०२८ साल असार १३ (Sunday, June 27, 1971 ) गते नारायणहिटी राजदरबारमा जन्म भएको थियो । वि. सम. २०२८  साल माघ १७ गते  नेपाल अधिराज्यको युवराज घोषणा  गरियो । तथा २०४४ साल चैत्र १५ गते श्री ५ दीपेन्द्रको उपनयन सम्पन्न भएको थियो । उहाको रुची अध्धयन, खेलकुद, साथै सामाजिक कार्यहरुमा रहेको थियो भने त्रि. वि. बाट भूगोल विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी विद्यावारिधिका लागि अनुसन्धानरत हुनुहुन्थ्यो ।  नारायणहिटी राजदरबारमा वि. सम. २०५८ साल जेठ १९ (Friday, June 1, 2001) गतेका दिन भएको विभत्स गोलीकाण्डमा श्री ५ वीरेन्द्रको दु:खद निधन भएपछि सोहि गोलीकाण्डमा घाइते भई उपचारको लागि छाउनी अस्पतालमा भर्ना भएर उपचार गराइराखेका अचेत अवस्थाका दीपेन्द्रलाई वि. सम. २०५८ साल जेठ २० (Saturday, June 2, 2001) गतेका दिन नेपाल राज्यको महाराजधिराज घोषणा गरिएको थियो । त्यस्तै राजा घोषणा भएको थाहपनि नपाइ उहाको अचेत अवस्थामै २०५८ जेठ २२ गते बिहान ३:४५ बजे स्वर्गारोहण भएको थियो 

श्री ५ त्रिभुवन

पिता    : श्री ५ पृथ्वी वीर विक्रम 
माता     : माहिली महारानी लक्ष्मी दिव्येश्वरी 
जन्म मिति  : वि. सम. १९६३ असार १७ गते 
श्री ५ त्रिभुवनले वि. सम. १९६८ देखि २०११ सम्म शाहवंशीय राजाहरुको इतिहासमा ४३ वर्षको सबभन्दा लामो शासन गर्नुभएको थियो । उहाको राज्यारोहण १९६८ मा साढे पाच वर्षको उमेरमा भएको थियो ।  त्यस्तै १९६९ को फागुन महिनामा शुभराज्याभिषेक समारोह सम्पन्न भएको थियो ।  नेपाल र नेपालीको हितका लागि राजगद्दीको समेत पर्वाह नगरी श्री ५ भारतीय राजदुताबास तथा भारत तर्फ प्रवासिएका थिए ।  उहाको पालामा वि. सम. २००७ सालमा प्रजातन्त्रको उदय भएको थियो राणाशासनको अन्त्य भइ ।  सतिप्रथाको र कमाराकमारी प्रथाको अन्त्य, अन्तरिम शासन विधान जारी जस्ता उल्लेख्य कार्यहरु पनि मौसुफको पालामा भएका थिए ।  
श्री ५ त्रिभुवनको पालामा ६ जना प्रधानमन्त्री बन्नुभएको थियो  ती ६ जना प्रधानमन्त्रीहरुको सुची यसप्रकार छ :-
  • चन्द्र शमशेर,
  • भिमशमशेर,
  • जुद्धशमशेर,
  • पद्मशमशेर,
  • मोहनशमशेर र 
  • मातृकाप्रसाद कोइराला
"राष्ट्रपिता" (Father of Nation )  भनी सम्बोधन श्री ५ त्रिभुवनलाई गरिन्छ साथै उहा नेपालको राष्ट्रिय विभूति हुनुहुन्छ । उहाको वि. सम. २०११ फागुन ३० (Saturday, March 13, 1954 ) गतेका दिन Switzerland को ज्युरीच क्यान्टल हस्पिटलमा निधन भएको थियो 

Sunday, June 12, 2011

श्री ५ वीरेन्द्र

श्री ५ वीरेन्द्रको वि. सम. २००२ पौष १४ (Friday, December 28, 1945 ) गते तत्कालीन युवराज  श्री ५ महेन्द्र र युवराज्ञी इन्द्रराज्यलक्ष्मी देवी शाहको ज्येष्ठ पुत्रका रुपमा जन्म भएको थियो । उहाको वि. सम. २०११ चैत्र १ मा नवयुवराज्याभिशेक, त्यस्तै वि. सम. २०१९ मा उपनयन संस्कार, २०२२ मा उमेर पुरा गरिबक्सेको समारोह तथा २०२६ मा श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवीका साथ शुभविवाह सम्पन्न भएको थियो । उहाले राज्यभिशेक समारोहको अवसरमा विदेशी पाहुनाहरुसमक्ष नेपाललाई शान्तिक्षेत्र घोषित गरियोस भन्ने प्रस्ताव वि. सम. २०३१ फागुन १२ (Monday, February 24, 1975 ) गते राख्नुभएको थियो ।  उक्त प्रस्तावउपर ११६ राष्ट्रहरुले समर्थन जनाएका थिए ।  उहाको पालामा भएका केहि घटनाहरु :-
  • जनमत संग्रहको घोषणा  वि. सम. २०३६ मा,
  • विकास क्षेत्रको घोषणा,
  • सार्क संगठनको गठन,
  • २०४६ चैत्र २६ (Sunday, April 8, 1990 )  मा दलमाथिको प्रतिबन्ध फुकुवा,
  • नेपाल अधिराज्यको संबिधान २०४७ जारी,
  • माओवादी छापामार युद्धको आरम्भ .,
श्री ५ वीरेन्द्रको पालामा प्रधानमन्त्री बनेकाहरुको सुची यसप्रकार छ 
  • कीर्तिनिधि विष्ट
  • नगेन्द्रप्रसाद रिजाल
  • डा. तुलसी गिरी
  • सुर्यबहादुर थापा 
  • लोकेन्द्रबहादुर चन्द
  • मरिचमानसिंह श्रेष्ठ
  • कृष्णप्रसाद भट्टराई 
  • गिरिजाप्रसाद कोइराला
  • मनमोहन अधिकारि र
  • शेरबहादुर देउवा
श्री ५ वीरेन्द्रको वि. सम. २०५८ जेष्ठ १९ (Friday, June 1, 2001) गते शुक्रबार राति ९ बजे नारायणहिटी राजदरबारमा भएको विभत्स नरसंहारकारी गोलीकाण्डमा दु:खद निधन भएको थियो । 

Nepali साहित्यकारहरुका प्रथम प्रकाशित कृतिहरु

केहि Nepali साहित्यकारहरुका प्रथम प्रकाशित कृतिहरु :-
भानुभक्त  आचार्य             : वालकाण्ड   (वि. सम. १८९८)
जय पृथ्वीबहादुर सिंह       : अक्षरांक माला  (वि. सम. १९५८)
लेखनाथ पौडेल                 : शिशुवोधिनी    (वि.सम. १९६८)
बालकृष्ण सम                  : मुटुको व्याथा  (वि. सम. १९८६)
लक्ष्मीप्रसाद देवकोटा        : पूर्णिमाको जलधि  (वि. सम. १९९१)
माधवप्रसाद घिमिरे          : नवमंजरी   (वि. सम. १९९४)
भवानी भिक्षु                     : गुनकेशरी   (वि. सम. २०१६)    

भारत पुगेपछि नदी ...

भारत पुगेपछि नेपालका नदीलाई तल दिएबमोजिम नामले चिनिन्छ :
मेची  -  महानन्द
कोशी  - दामोदर
कर्णाली  -  घाँघरा 
ववई  -  सरयु
कन्काई  - विरींन 
महाकाली -  शारदा 

National Day (festival)

विभिन्न राष्ट्रिय पर्वहरु
लोकतन्त्र दिवस     -   वैशाख ११
कानुन दिवस         -  वैशाख २६
गणतन्त्र दिवस     - जेठ १५
प्रजातन्त्र दिवस    - फागुन ७
भानु जयन्ती         -  असार २९
राष्ट्रिय एकता दिवस    -  पुस २७
राष्ट्रिय जनगणना दिवस  - असार ८
बाल दिवस                     - भाद्र २९
शिक्षा दिवस                   - सेप्टेबर ८ (International Education Day)
मुलुकी एन दिवस          - भाद्र १
सहिद दिवस                 - माघ १६

चिया

विश्वको पहिलो नगदे बाली चिया लाई भनिन्छ । 

मानिस शाकाहारी....

मानिस पूर्णरुपले शुद्ध शाकाहारी प्राणी हो ।  जुन कुरा मानिसको बनावट, स्वभाव, यसका यस्तै अनेकौ गुणले स्पष्ट पार्दछ ।  
  • मानिसको शरीरको बनावटको हिसाबले (Anatomically ) पनि विचार गर्दा मानिसका दातहरु एक लाइनमा (टम्म) मिलेको हुन्छ जुन बादर, भैसी, बाख्राको  जस्तै ।  यस्तै यी प्राणीहरु शाकाहारी हुन् भने अर्को तर्फ मासु लुछ्नका लागि अलि ठूलो निस्केको दातहरु भएका कुकुर, बाघ जस्ता प्राणीहरु मांसाहारी हुन् ।  जुन दातहरुलाई Canine Teeth भनिन्छ । 
  • त्यसतै हामीलाई सडेको कुहेको मासु गन्हाउछ तर कुकुरलाई गन्हाउदैन त्यसैले त् कुकुर हप्ता दिन पहिलेको मरेको बैलको खुट्टा एक्लै बसी चपाईरहेको हुन्छ । 
  • अर्को कुरा हामीहरुलाई (मानिसहरुलाई) लगातार १०-१२ दिन मासु मात्र खान दिने वा खुवाई राखे मासुबाट अरुचि पैदा हुन् जान्छ तर कुकुर बाघ लाई यस्तो हुदैन । तर सधै सागपात, दही, दुध खान दिने हो भने यसबाट कुनै अरुचि पैदा हुदैन । 
  • पानी पिउने सन्दर्भमा पनि शाकाहारी प्राणी जस्तै बाख्रा, गाई, भैसी, बादरहरु पानी घुटु-घुटु गरि पिउछ्न । तर कुकुर, बिरालो, बाघले जिब्रोले चाटेर पिउछ्न ।  मानिस पनि पानी घुटु-घुटु गरी निल्छ ।  त्यसैले मानिस शाकाहारी ठहरिन्छ । 
  • Pathological Examination बाट शाकाहारी मानव भन्दा मांसाहारी मानवको रगतमा Chlestro बढेको हुन्छ जसले स्वास्थ्य क्षेत्र मा मुटुको व्याथा तथा ब्लडप्रेसर जस्तो रोग गराउछ   For English translate      

Friday, June 10, 2011

बाच्नको को लागि संघर्ष

यो एउटा सिद्धान्त हो ।  जुन सिद्धान्त English Scientist चाल्र्स डार्बिनले प्रतिपादन गरेका हुन्।  बाच्न सक्नेभन्दा बढी संख्यामा सन्तानहरुको उत्पादन भएमा बाच्नको लागि एकआपसमा प्रतिस्पर्धा हुन्छ । 

Thursday, June 9, 2011

हेलिस्कोप

हेलिस्कोप सुर्यको अवलोकन गर्न सकिने यन्त्रलाई भनिन्छ

अन्तराष्ट्रिय मुद्राकोष

सन् १९४५ अक्टोबर १६ मा यस संगठन को स्थापना भएको हो । जुन Organization ले १९४६ मा विशिष्टीकृत संस्थाको रुपमा मान्यता प्राप्त गर्यो । उक्त Organization को प्रधान कार्यालय इटालीको रोममा रहेको छ । Nepal  ले २७ डिसेम्बर, १९५१ देखि यसको सदस्यता प्राप्त गरेको छ । सन् १९७९ देखि October 16 लाई खाद्य दिवसको रुपमा मनाउने गरिएको छ । सन् १९४५ डिसेम्बर २७ मा यस कोषको स्थापना भएको हो । जुन कोषले १९४७ मा UNO को विशिष्टीकृत संस्थाको रुपमा मान्यता प्राप्त गर्यो । उक्त Organization को प्रधान कार्यालय Washington D.C. मा  रहेको छ । Nepal  ले ६ सेप्टेम्बर  १९६१  मा  यसको सदस्यता प्राप्त गरेको हो । यसका मुख्य उद्देश्यहरु अन्तराष्ट्रिय आर्थिक सहयोगलाई प्रोत्साहन गर्नु, अन्तराष्ट्रिय व्यापार विस्तारलाई प्रोत्साहन गर्नु, सदस्य राष्ट्रहरुबीच विनिमय स्थिरता बढाउनु, विदेशी विनिमय प्रतिबन्ध हटाउनु तथा सदस्य राष्ट्रहरुलाई आर्थिक सहायता गर्नु आदि हुन् । 
यसका प्रमुख अंगहरु:-
  • गभर्नर परिषद 
  • कार्यकारी परिषद र 
  • प्रबन्ध संचालक 

खाद्य तथा कृषि संगठन

सन् १९४५ अक्टोबर १६ मा यस संगठन को स्थापना भएको हो । जुन Organization ले १९४६ मा विशिष्टीकृत संस्थाको रुपमा मान्यता प्राप्त गर्यो । उक्त Organization को प्रधान कार्यालय इटालीको रोममा रहेको छ । Nepal  ले २७ डिसेम्बर, १९५१ देखि यसको सदस्यता प्राप्त गरेको छ । सन् १९७९ देखि October 16 लाई खाद्य दिवसको रुपमा मनाउने गरिएको छ । 
यसका प्रमुख अंगहरु: 
  1. महासभा,
  2. परिषद र
  3. सचिवालय हुन् 

प्रत्यक २ वर्षमा महासभा बस्छ । भने परिषदको बैठक प्रत्येक वर्ष बस्छ, जसमा ४९ जना सदस्यहरु रहन्छन । उक्त संस्थाका मुख्य उद्देश्यहरु यसप्रकार छन :-
  • जीवन र पोषणको स्तरमा सुधार ल्याउनु 
  • खाद्यन्नहरुको प्रशोधन, बजार व्यवस्था र वितारणमा सुधार ल्याउनु
  • भोकको उनमुलन गर्नु
  • ग्रामिण विकास गर्नु
  • ग्रामिण जनताको जीवन स्तरमा सुधार ल्याउनु


Monday, June 6, 2011

विश्वसम्पदामा नेपाल

विश्वसम्पदा सूचीमा संसारबाट प्राकृतिक, एतिहासिक, धार्मिक, सांस्कृतिक वा पुरातात्त्विक विशिष्टता र मौलिकता बोकेका करिब ९०० प्राकृतिक वा सांस्कृतिक सम्पदाहरु UNO को विशिष्टीकृत संस्था UNESCO द्वारा विश्व सम्पदा  सूची (World Heritage Site) मा सूचिकृत भएका छन । नेपालको चितवन र सगरमाथा दुई राष्ट्रिय निकुन्ज र लुम्बिनी, पशुपतिलगायतका  आठ सांस्कृतिक सम्पदाहरु सो सूचीमा सुचिकृत भएका छन 
 नेपालका सम्पदाहरु :-
लुम्बिनी     मुख्य आकर्षण       बुद्धको जन्मस्थल, मायादेवी मन्दिर, अशोकस्तम्भ, पोखरी, संग्रहालय आदि । 
पशुपति क्षेत्र   मुख्य आकर्षण      पशुपतिनाथको मन्दिर, जयवागेश्वरी, देवपत्तन, श्लेषमान्तक वन, गुहयेश्वरी, आदि । 
चांगुनारायण   मुख्य आकर्षण       चांगुनारायण मन्दिर, शिलालेख आदि । 
बौद्धनाथ     मुख्य आकर्षण      बौद्धस्तुप । 
स्वयम्भुनाथ   मुख्य आकर्षण      नेपालको सबभन्दा ठूलो बुद्धको मूर्ति, स्तुप, विहार आदि । 
सगरमाथा राष्ट्रिय निकुन्ज    मुख्य आकर्षण     सगरमाथा, ल्होत्से, चोयु जस्ता हिमशिखर, डाफे, हिउचितुवा आदि । 
चितवन राष्ट्रिय निकुन्ज      मुख्य आकर्षण      एकसिंगे गैडा, पाटेबाघ, मयुर आदि जीवजन्तुहरु र विविध वनस्पतिहरु । 
हनुमानढोका दरबार क्षेत्र      मुख्य आकर्षण    काष्ठ्मंड़प, हनुमानको मूर्ति, वसन्तपुर दरबार, तलेजु मन्दिर, कुमारी घर, संग्रहालय आदि । 
पाटन दरवार क्षेत्र          मुख्य आकर्षण       कृष्ण मन्दिर, महाबौद्ध, रातो मच्छिन्द्रनाथको मन्दिर, संग्रहालय आदि । 
भक्तपुर दरबार क्षेत्र       मुख्य आकर्षण     पचपन्न झ्याले दरबार, न्यातपोल मन्दिर, स्वर्णद्वार, संग्रहालय आदि ।  

हामी नेपाली

नेपाल एक बहुधार्मिक, बहुजातीय, बहुसांस्कृतिक राष्ट्र हो ।  जहा विभिन्न धर्म जाति, संस्कृति भएका मानिसहरु बसोबास गर्छन ।  भौगोलिक विविधतामा हिमाल, पहाड र तराई गरी बाडिएको देश नेपालमा विविध विविधताभित्र विभन्न शैली, सास्कृतिक धरोहर हुदाहुदै पनि एकताको मालामा गासिएका नेपालीहरु बस्दछ्न ।  हिन्दु, बौद्ध, इस्लाम, क्रिस्चियन, किरात आदि अनेकौ धर्म अंगाल्ने धेरै धर्मावलम्बिहरु यहा रहेका छन । र तिनीहरुले मनाउने चाड पर्वहरु पनि फरक प्रकृतिका छन ।  त्यस्तै जात अनुसार विभिन्न मातृभाष बोल्ने समुदाय बस्छन । यसबीचमा जे जस्तो भएता पनि नेपालीहरु विविधतामा एक भएर समाजभित्र, राष्ट्र भित्र एकआपसमा एकता र मैत्रीपूर्ण वातावरणमा मिलिजुली बसेका छन ।  जसले नेपालीपनको झा-झल्को स्पष्ट व्याख्य गर्दछ ।  जुन धर्म, जुन जाति, जुन पेशा, जुन क्षेत्र, जहा रहेता पनि साचिनै (actually ) हामी नेपाली हौ भन्ने भावना नेपालीहरुमा रहेको छ । 

पात किन हरियो ?

सूर्यको प्रकाशलाई सोस्न मद्दत गर्ने रुख विरुवाहरुमा पाइने हरियो रंगलाई क्लोरोफिल भनिन्छ । पातले सुर्यको किरणका हरियो रंगबाहेक अरु छ रंगलाई सोस्दछ र हरियो रंगलाई परावर्तन गर्दछ । ती परावर्तित किरणहरु हाम्रो आखामा पर्दा पात हरियो देखिन्छ। 

हेपाटाइटिस 'सी'

यो रगतबाट प्रवेश गर्ने एक प्रकारको Virus हो । यसले कलेजो संबन्धी ठूलो रोग Liver Psychosis लाग्दछ । जसबाट अन्त्यमा बिरामीको मृत्यु हुन्छ । यो विरुस ले बारंबार आफ्नो रुप वा बनोटलाई परिवर्तन गरिरहने हुदा यस रोगको पत्ता लगाउन तथा उपचार गर्न कठिन हुन्छ । यिनी ११ प्रकारका हुन्छन तर बनोटका आधारमा यिनी 'A' देखि 'G' सम्मको उपसमूहमा विभाजन गरिएको छ  

एक्युपनचर

शरीरका खास- खास ठाउमा सियोले घोचेर उपचार गर्ने पद्धतिलाई Acupuncture भनिन्छ । यो चिकित्सा पद्धति करिव        चार हजार वर्ष अगाडी चीनबाट शुरु भएको थियो । यस पद्धतिबाट ढाड ढुखने, पिनास, बाथ, टाउको ढुखने, गर्दन दुख्ने, महिनाबारी गडवडी आदि रोगको उपचार हुन्छ । यो पद्धतिबाट कुनै किसिमको side effect नहुने तथा यो एउटा प्राकृतिक चिकित्सा पद्धति भएकोले धेरै रोगीहरु यसप्रति बढी आकर्षित भएको पाइन्छ

एड्स

AIDS को पुरा रुप Acquired Immune Deficiency Syndrom हो । हाम्रो शरीरमा रोगको विरुद्ध लड्ने प्रतिरक्षा शक्ति कमि भएको बेला नै AIDS हो । यसलाई अर्को शब्दमा भन्नुपर्दा AIDS एउटा रोग मात्र नभई शरीरको रोग प्रतिक्षा गर्ने प्राकृतिक क्षमता कमजोर भएर जाने लक्षणहरुको समूह हो । यो रोग सन् १९८१ मा South Africa मा देखापरेको हो HIV (Human Immune Deficiency Virus) भाइरसले रगतको श्वत कोशिकालाई नष्ट गरेर यस्तो अवस्था पैदा गरिदिन्छ कि जसबाट रोगीहरुको रोगहरुबाट लड्ने क्षमता नै क्षीण हुन्छ । 
Nepal मा सन् १९८८ मा पहिलोपटक हिव संक्रमित व्यक्ति फेला परेको थियो   

Sunday, June 5, 2011

सरुवा रोग र सर्ने माध्यम

रोगहरु : लुतो, घाउ, खटिरा, आखा पाक्ने
सर्ने माध्यम : संसर्ग- रोगी व्यक्तिलाई छुदा वा उसंग नजिकिदा वा लसपस गर्दा 

रोगहरु : निमोनिया, दादुरा, क्षयरोग, रुघाखोकी
सर्ने माध्यम : हावाको माध्यम

रोगहरु : झाडापखाला, आँउ, हैजा, हेपाटाइटिस  'ई'  
सर्ने माध्यम : दूषित  खाना र पानीबाट 

रोगहरु : मलेरिया, कालाजार, जापानिज इन्सेफ़लाइटिस्
सर्ने माध्यम : लामखुट्टेको टोकाइबाट 

रोगहरु : गोनोरिया, भिरींगी, एच. आई. भी. एड्स. 
सर्ने माध्यम : यौन सम्पर्कबाट 

रोगहरु : हेपाटाइटिस 'बी', एच. आई. भी. एड्स, रेविज
सर्ने माध्यम : सुईबाट

रोग : रेविज
सर्ने माध्यम : जनावरको टोकाइबाट
                                                                       For English Translate