विश्वसम्पदा सूचीमा संसारबाट प्राकृतिक, एतिहासिक, धार्मिक, सांस्कृतिक वा पुरातात्त्विक विशिष्टता र मौलिकता बोकेका करिब ९०० प्राकृतिक वा सांस्कृतिक सम्पदाहरु UNO को विशिष्टीकृत संस्था UNESCO द्वारा विश्व सम्पदा सूची (World Heritage Site) मा सूचिकृत भएका छन । नेपालको चितवन र सगरमाथा दुई राष्ट्रिय निकुन्ज र लुम्बिनी, पशुपतिलगायतका आठ सांस्कृतिक सम्पदाहरु सो सूचीमा सुचिकृत भएका छन ।
नेपालका सम्पदाहरु :-
लुम्बिनी मुख्य आकर्षण बुद्धको जन्मस्थल, मायादेवी मन्दिर, अशोकस्तम्भ, पोखरी, संग्रहालय आदि ।
पशुपति क्षेत्र मुख्य आकर्षण पशुपतिनाथको मन्दिर, जयवागेश्वरी, देवपत्तन, श्लेषमान्तक वन, गुहयेश्वरी, आदि ।
चांगुनारायण मुख्य आकर्षण चांगुनारायण मन्दिर, शिलालेख आदि ।
बौद्धनाथ मुख्य आकर्षण बौद्धस्तुप ।
स्वयम्भुनाथ मुख्य आकर्षण नेपालको सबभन्दा ठूलो बुद्धको मूर्ति, स्तुप, विहार आदि ।
सगरमाथा राष्ट्रिय निकुन्ज मुख्य आकर्षण सगरमाथा, ल्होत्से, चोयु जस्ता हिमशिखर, डाफे, हिउचितुवा आदि ।
चितवन राष्ट्रिय निकुन्ज मुख्य आकर्षण एकसिंगे गैडा, पाटेबाघ, मयुर आदि जीवजन्तुहरु र विविध वनस्पतिहरु ।
हनुमानढोका दरबार क्षेत्र मुख्य आकर्षण काष्ठ्मंड़प, हनुमानको मूर्ति, वसन्तपुर दरबार, तलेजु मन्दिर, कुमारी घर, संग्रहालय आदि ।
पाटन दरवार क्षेत्र मुख्य आकर्षण कृष्ण मन्दिर, महाबौद्ध, रातो मच्छिन्द्रनाथको मन्दिर, संग्रहालय आदि ।
भक्तपुर दरबार क्षेत्र मुख्य आकर्षण पचपन्न झ्याले दरबार, न्यातपोल मन्दिर, स्वर्णद्वार, संग्रहालय आदि ।
No comments:
Post a Comment