My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Tuesday, June 14, 2011

श्री ५ रणबहादुर शाह

श्री ५ रणबहादुर शाहको वि.सम. १८३२ जेठ १० गते पिता श्री ५ प्रतापसिंह शाह र माता राजेन्द्र लक्ष्मीको सुपुत्रका रुपमा जन्म भएको थियो । यिनी अढाई वर्षको उमेरमा वि.सम. १८३४ मङ्सिरमा नेपालको राजा भएका थिए । यिनी नाबालक भएकाले राजमाता राजेन्द्र लक्ष्मी र बहादुर शाहले नायवी चलायक थिए । यिनी वि. सम. १८५५ मा छोरा गीर्वाणयुद्ध विक्रम शाहलाई राजा घोषणा गरी प्रिय रानी कान्तिवतीको चाहना पुरा गर्दै तथा दरवारिया राजनीति र विदेशी तत्वहरुको घाट प्रतिघातको कारणले  काशीतिर प्रस्थान गरे । तर रानी कान्तिवतीको मृत्युपछि विक्षिप्त बनेका रणबहादुर शाह वनारसबाट फर्की पुन: शासन सत्ता संचालन गर्न खोज्दा कचिंगल उत्पन्न भयो । यस्तै आन्तरिक खिचलोको कारण वि.सम. १८६३ मा आफ्नै सौतेनी भाइ शेरबहादुर शाहद्वारा यिनको हत्या भयो 

No comments:

Post a Comment