श्री ५ सुरेन्द्र विक्रम शाहको जन्म १८८६ आश्विन २० गते भएको थियो । यिनका पिताको नाम श्री ५ राजेन्द्र विक्रम शाह थियो । यिनलाई बालक अवस्थामै राजप्रतिनिधि बनाई राजेन्द्र आफु काशीतिर प्रस्थान गर्नुभएको थियो । वि. सम. १९०४ मा बाबु (श्री ५ राजेन्द्र) लाई जंगबहादुर विरुद्धको गतिविधिमा लागेको आरोप लगाई काशी भएकै बखत सत्ताच्युत गरिएपछि यिनलाई नेपालको राजा बनाइएको थियो । यिनको वि. सम. १९३८ सालमा स्वर्गारोहण भएको थियो ।
No comments:
Post a Comment