श्री ५ गीर्वाणयुद्ध विक्रम शाह वि.सम. १८५४ आश्विन ११ गते पिता श्री ५ रणबहादुर शाह र माता कान्तिवतिका सुपुत्रका रुपमा जन्म भएको थियो । यिनी डेढ वर्षको उमेरमा वि.सम. १८५५ फागुन २८ गते नेपालको राजा भएका थिए । यिनको पालामा सुगौली सन्धि, नेपालको सिमान विस्तार र रणबहादुर शाहको हत्या जस्ता घटनाहरु घटेका थिए । यिनको वि. सम. १८७३ मा २० वर्षको अल्पायुमा बिफरको प्रकोपमा परी देहावसान भएको थियो ।
No comments:
Post a Comment