मानिस पूर्णरुपले शुद्ध शाकाहारी प्राणी हो । जुन कुरा मानिसको बनावट, स्वभाव, यसका यस्तै अनेकौ गुणले स्पष्ट पार्दछ ।
- मानिसको शरीरको बनावटको हिसाबले (Anatomically ) पनि विचार गर्दा मानिसका दातहरु एक लाइनमा (टम्म) मिलेको हुन्छ जुन बादर, भैसी, बाख्राको जस्तै । यस्तै यी प्राणीहरु शाकाहारी हुन् भने अर्को तर्फ मासु लुछ्नका लागि अलि ठूलो निस्केको दातहरु भएका कुकुर, बाघ जस्ता प्राणीहरु मांसाहारी हुन् । जुन दातहरुलाई Canine Teeth भनिन्छ ।
- त्यसतै हामीलाई सडेको कुहेको मासु गन्हाउछ तर कुकुरलाई गन्हाउदैन त्यसैले त् कुकुर हप्ता दिन पहिलेको मरेको बैलको खुट्टा एक्लै बसी चपाईरहेको हुन्छ ।
- अर्को कुरा हामीहरुलाई (मानिसहरुलाई) लगातार १०-१२ दिन मासु मात्र खान दिने वा खुवाई राखे मासुबाट अरुचि पैदा हुन् जान्छ तर कुकुर बाघ लाई यस्तो हुदैन । तर सधै सागपात, दही, दुध खान दिने हो भने यसबाट कुनै अरुचि पैदा हुदैन ।
- पानी पिउने सन्दर्भमा पनि शाकाहारी प्राणी जस्तै बाख्रा, गाई, भैसी, बादरहरु पानी घुटु-घुटु गरि पिउछ्न । तर कुकुर, बिरालो, बाघले जिब्रोले चाटेर पिउछ्न । मानिस पनि पानी घुटु-घुटु गरी निल्छ । त्यसैले मानिस शाकाहारी ठहरिन्छ ।
- Pathological Examination बाट शाकाहारी मानव भन्दा मांसाहारी मानवको रगतमा Chlestro बढेको हुन्छ जसले स्वास्थ्य क्षेत्र मा मुटुको व्याथा तथा ब्लडप्रेसर जस्तो रोग गराउछ । For English translate
No comments:
Post a Comment