My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Sunday, June 12, 2011

श्री ५ वीरेन्द्र

श्री ५ वीरेन्द्रको वि. सम. २००२ पौष १४ (Friday, December 28, 1945 ) गते तत्कालीन युवराज  श्री ५ महेन्द्र र युवराज्ञी इन्द्रराज्यलक्ष्मी देवी शाहको ज्येष्ठ पुत्रका रुपमा जन्म भएको थियो । उहाको वि. सम. २०११ चैत्र १ मा नवयुवराज्याभिशेक, त्यस्तै वि. सम. २०१९ मा उपनयन संस्कार, २०२२ मा उमेर पुरा गरिबक्सेको समारोह तथा २०२६ मा श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवीका साथ शुभविवाह सम्पन्न भएको थियो । उहाले राज्यभिशेक समारोहको अवसरमा विदेशी पाहुनाहरुसमक्ष नेपाललाई शान्तिक्षेत्र घोषित गरियोस भन्ने प्रस्ताव वि. सम. २०३१ फागुन १२ (Monday, February 24, 1975 ) गते राख्नुभएको थियो ।  उक्त प्रस्तावउपर ११६ राष्ट्रहरुले समर्थन जनाएका थिए ।  उहाको पालामा भएका केहि घटनाहरु :-
  • जनमत संग्रहको घोषणा  वि. सम. २०३६ मा,
  • विकास क्षेत्रको घोषणा,
  • सार्क संगठनको गठन,
  • २०४६ चैत्र २६ (Sunday, April 8, 1990 )  मा दलमाथिको प्रतिबन्ध फुकुवा,
  • नेपाल अधिराज्यको संबिधान २०४७ जारी,
  • माओवादी छापामार युद्धको आरम्भ .,
श्री ५ वीरेन्द्रको पालामा प्रधानमन्त्री बनेकाहरुको सुची यसप्रकार छ 
  • कीर्तिनिधि विष्ट
  • नगेन्द्रप्रसाद रिजाल
  • डा. तुलसी गिरी
  • सुर्यबहादुर थापा 
  • लोकेन्द्रबहादुर चन्द
  • मरिचमानसिंह श्रेष्ठ
  • कृष्णप्रसाद भट्टराई 
  • गिरिजाप्रसाद कोइराला
  • मनमोहन अधिकारि र
  • शेरबहादुर देउवा
श्री ५ वीरेन्द्रको वि. सम. २०५८ जेष्ठ १९ (Friday, June 1, 2001) गते शुक्रबार राति ९ बजे नारायणहिटी राजदरबारमा भएको विभत्स नरसंहारकारी गोलीकाण्डमा दु:खद निधन भएको थियो । 

No comments:

Post a Comment