My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Friday, June 17, 2011

जयस्थिति मल्ल

विशेषता : एक प्रतापी तथा समाजसुधारक राजा,
                यिनका उत्तराधिकारी थिएँन,
विवाह  : वि.सम. १४११ मा ८ वर्षकी राजल्लदेवी संग
वंश      : कर्नाट वंशी
मृत्यु    : वि.सम. १४५२ भदौ मा  
यिनले गरेका कार्यहरु :-

  • भारदारहरुले मल्लप्रति बाहिरबाट आएको भनी असन्तुष्टि देखाउदा पनि शासन सत्तामा बलियो पकड जमाउन सफल,
  • वि. सम १४३७ मा अर्जुन मल्ललाई बनेपा पठाएपछि नै यिनको वास्तविक शासन शुरु,
  • समजसुधारका लागि भारतबाट रघुनाथ झा, रामनाथ झा, किर्तिनाथ उपाथ्याय, महिनाथ भट्ट आदि विद्वान  
  • झिकाई मनुस्मृति र वर्णमालामा आधारित समाजको स्थापना,
  • समाजलाई ४ जात १८ वर्णमा विभाजन गरी श्रमको विभाजन,
  • जग्गाको नापजाच गरी उत्पादन क्षमताको आधारमा जग्गालाई अब्बल, दोयम, सीम, चाहार गरी ४ तहमा विभाजन,
  • तिब्बतसंगको व्यापार अभिवृद्धि गर्न एक व्यापारिक टोली चीन पठाउने कार्य,
  • नापतौलमा आधुनिकरण गर्न माना, पाथी, ढक, तराजुमा आवश्यक सुधार,
  • जग्गा बेचबिखन र बन्धक राख्ने व्यवस्था,
  • पशुपतिघाटमा लवकुश सहितको राममन्दिर, ललितपुरमा कुम्भेश्वर मन्दिर, उन्मत्त भैरवको स्थापना,
  •  गोरखनाथ र गोकर्णेश्वरको पुजाको चलन चलाएका,
  • चोरी तथा ज्यानसम्बन्धी मुद्दामा कडा सजायको व्यवस्था तथा अन्य मुद्दाहरुमा अपराधको प्रकृति हेरी आर्थिक जरिवाना तिर्ने व्यवस्था
इत्यादि अन्य कार्य गर्दै सामाजिक सुधारक क्षेत्रमा ख्याती कमाएका थिए 

No comments:

Post a Comment