My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Friday, June 17, 2011

श्री ५ पृथ्वी नारायण शाह

श्री ५ पृथ्वी नारायण शाहको जन्म वि.सम. १७७९ पौष २७ गते पिता नरभूपाल शाह र माता कौशल्यावतिका कोखबाट गोरखा दरबारमा भएको थियो । यिनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी संग वि.सम. १७९४ मा र दोस्रो विवाह बनारसका राजपुत अभिमानसिंहकी छोरी नरेन्द्रलक्ष्मीसंग भएको थियो  यिनी वि.सम १७९९ मा २० वर्षको उमेरमा राजा भएका थिए  राजा भैसकेपछि आफ्ना पिता नरभूपाल शाहको एकिकरणको सपनालाई साकार पार्न लागिपरे यिनले वि.सम १८०१ मा नुवाकोट, १८१९ मा मकवानपुर माथि विजय हासिल तथा वि.सम १८२२ मा किर्तिपुर कब्जा, १८२५ मा काठमाडौँ कब्जा गर्दै आधुनिक नेपालको शिलान्यास गर्न सफल बने, यस्तै वि.सम १८२५ पौष मा ललितपुर, वि.सम १८२६ मङ्सिर १ मा भक्तपुर विजय गरेका थिए  यिनले विभाजित राज्यहरुलाई एउटा सुत्रमा उनेर नेपालको अस्तित्व जोगाउन महत्त्वपूर्ण योगदान पूरया  यो कार्य गरेका हुनाले यिनलाई बडामहाराजाधिराज तथा राष्ट्रिय एकताका पक्षमा उल्लेखनीय कार्य गरेकाले राष्ट्रनिर्माता भनी चिनिन्छ  यिनको वि.सम. १८३१  माघ १ गते नुवाकोटको देवीघाट भन्ने ठाउमा त्रिशुली नदीको किनारमा स्वर्गारोहण भएको थियो 

No comments:

Post a Comment