My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Monday, June 13, 2011

श्री ५ त्रिभुवन

पिता    : श्री ५ पृथ्वी वीर विक्रम 
माता     : माहिली महारानी लक्ष्मी दिव्येश्वरी 
जन्म मिति  : वि. सम. १९६३ असार १७ गते 
श्री ५ त्रिभुवनले वि. सम. १९६८ देखि २०११ सम्म शाहवंशीय राजाहरुको इतिहासमा ४३ वर्षको सबभन्दा लामो शासन गर्नुभएको थियो । उहाको राज्यारोहण १९६८ मा साढे पाच वर्षको उमेरमा भएको थियो ।  त्यस्तै १९६९ को फागुन महिनामा शुभराज्याभिषेक समारोह सम्पन्न भएको थियो ।  नेपाल र नेपालीको हितका लागि राजगद्दीको समेत पर्वाह नगरी श्री ५ भारतीय राजदुताबास तथा भारत तर्फ प्रवासिएका थिए ।  उहाको पालामा वि. सम. २००७ सालमा प्रजातन्त्रको उदय भएको थियो राणाशासनको अन्त्य भइ ।  सतिप्रथाको र कमाराकमारी प्रथाको अन्त्य, अन्तरिम शासन विधान जारी जस्ता उल्लेख्य कार्यहरु पनि मौसुफको पालामा भएका थिए ।  
श्री ५ त्रिभुवनको पालामा ६ जना प्रधानमन्त्री बन्नुभएको थियो  ती ६ जना प्रधानमन्त्रीहरुको सुची यसप्रकार छ :-
  • चन्द्र शमशेर,
  • भिमशमशेर,
  • जुद्धशमशेर,
  • पद्मशमशेर,
  • मोहनशमशेर र 
  • मातृकाप्रसाद कोइराला
"राष्ट्रपिता" (Father of Nation )  भनी सम्बोधन श्री ५ त्रिभुवनलाई गरिन्छ साथै उहा नेपालको राष्ट्रिय विभूति हुनुहुन्छ । उहाको वि. सम. २०११ फागुन ३० (Saturday, March 13, 1954 ) गतेका दिन Switzerland को ज्युरीच क्यान्टल हस्पिटलमा निधन भएको थियो 

No comments:

Post a Comment