श्री ५ महेन्द्रको जन्म वि. सम. १९७७ जेठ ३० मा माता कान्ति राज्यलक्ष्मी देवीको कोखबाट भएको थियो । यिनका पिता श्री ५ त्रिभुवन हुन् । नेपालका शाहवंशीय राजाहरुमध्ये प्रखर राजनीतिज्ञ तथा चिन्तक मानिने श्री ५ महेन्द्र राजा श्री ५ त्रिभुवन (father of Mahendra ) को मृत्यु पछि नेपालको राजा वि. सम. २०११ चैत्र १ गते राज्यारोहण गरेका थिए । वि. सम. २०१३ वैशाख २० गते यिनको शुभराज्याभिषेक समारोह सम्पन्न भएको थियो । यिनको पालामा भएका केहि घटनाहरु :-
- नेपाल अधिराज्यको संविधान २०१५ जारी,
- आमनिर्वाचन,
- निर्दलीय पंचायती व्यवस्थाको आरम्भ,
- भूमीसुधार कार्यक्रम,
- आधुनिक योजनाबद्ध विकासको जग,
- प्रकाशनमा आधुनिकरण
श्री ५ महेन्द्रको शासनकालमा प्रधानमन्त्री बनेकाहरुको सुची यसप्रकार छ ।:-
- टंकप्रसाद आचार्य
- डा. के. आई. सिंह
- बी. पी. कोइराला
- डा. तुलसी गिरी
- सूर्यबहादुर थापा र
- किर्तिनिधि विष्ट
यिनले "उसैको लागि (२०१५)" र "फेरी उसैको लागि (२०२१)" जस्ता काव्य कृतिहरु प्रकाशित तथा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना गरी साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुरयाका छन । यिनको चितवनको दियालो बंगलामा वि. सम. २०२८ माघ १७ (Monday, January 31, 1972) गतेका दिन स्वर्गारोहण भएको थियो ।
No comments:
Post a Comment