श्री ५ राजेन्द्र विक्रम शाह वि.सम. १८७० मङ्सिर महिनामा श्री ५ गीर्वाणयुद्ध विक्रम शाहका सुपुत्रका रुपमा जन्म लिएका थिए । यिनी ३ वर्षको उमेरमा वि.सम. १८७३ मा पिता श्री ५ गीर्वाणयुद्ध विक्रम शाहको मृत्यु पछि राजा भएका थिए । यिनलाई कोतपर्व, भण्डारखाल पर्व पछि छोरा युवराज सुरेन्द्रलाई राजप्रतिनिधि बनाई महारानी राज्यलक्ष्मीदेवीका साथ काशीतिर प्रस्थान गरेका थिए । जंगबहादुर विरोधी कार्यमा लागेको आरोप लगाई यिनलाई काशिमै रहेको बेला सत्ताच्युत गरिएको थियो । साथै यिनलाई अलौपर्व पछि वि. सम. १९०४ देखि १९३८ सम्म शाही बन्दीका रुपमा हनुमानढोकामा थुनिएको थियो र यहि अवस्थामा राजेन्द्रविक्रम शाहको निधन भएको थियो ।
यिनको पालामा भएका प्रमुख केहि घटनाहरु :-
- भिमसेन थापाको देहत्याग,
- माथवरसिंह थापा र गगनसिंहको हत्या,
- कोतपर्व, भण्डारखाल पर्व, अलौ पर्व
No comments:
Post a Comment