जनकको वास्तविक नाम शिरध्वज हो । यिनलाई राजर्षी महाराज पनि भनी चिनिन्छ यिनी सत्यनिष्ठ, कर्तव्यनिष्ठ, आत्मज्ञानी र विद्वान राजा थिए । जसले प्राचिन मिथिला प्रदेश (Now : Dhanusha district of Janakpur Zone ) मा राज्य गर्दथे 'जनक' यिनको वंशको नाम हो यिनी आदर्श नारी सीताका बाबु हुन् र यिनका पुरोहित ऋषि याज्ञबल्क्य थिए ।
यिनले दिएका ५ उपदेशहरु :-
- सबै मिलेर संगै बसौ
- सबै मिलेर बाडचुड गरी संगै खाऔ
- सबै मिलेर एक भई काम गरौ
- सबै मिलेर संसारमा शान्ति कायम गरौ
- शान्ति कायम गर्न लडाई झगडा गर्न नपरोस्
यिनले त्यो समय, त्यो युगमा अवलम्बन गरेका सिद्धान्तहरु आदर्श राज्यको अवधारणलाई सार्थक तुल्याउन साथै सिङ्गो मानव हितका लागि महत्वपूर्ण र अमूल्य रहेकाले पनि यिनलाई राष्ट्रिय विभूतिका रुपमा हिजो सम्मानित गरिन्थ्यो, आज गरिन्छ र भोलि पनि सम्मानित गरिनेछ ।
No comments:
Post a Comment