My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Friday, June 17, 2011

श्री ५ प्रताप सिंह शाह

श्री ५ प्रताप सिंह शाहको वि.सम. १८०८ जेठ मा पिता श्री ५ पृथ्वी नारायण शाहको सुपुत्रका रुपमा जन्म भएको थियो । यिनी  वि.सम. १८३१ मा  नेपालको राजा भएका थिए । भोग विलास तथा तन्त्रविद्या प्रति झुकाब भएकाले यिनको राजकाज प्रति त्यति रुची थिएन । यिनले विजयपुर, कविलासपुर, तनहु, सुमेश्वर गढ़िमाथी विजय गरि नेपालमा गाभेका थिए । तर मोरंग माथि १७ पटक सम्म आक्रमण गर्दा पनि असफल भएका थिए । यिनले वि.सम. १८३२ मा नेपाल तिब्बत सन्धि गरी तिब्बतसंगको व्यापारलाई बढाएका थिए यिनले आफ्नै भाई बहादुर शाह र दलमर्दन शाहलाई गद्दी ताकेको आरोपमा नजरबन्द गरेका थिए  यिनले "वृहत पुराश्चार्याणव" नामको तन्त्रविद्या सम्बन्धि पुस्तक लेखेका थिए    यिनको वि.सम. १८३४ मा २ वर्ष दश महिनाको शासन पश्चात स्वर्गारोहण भएको थियो 

No comments:

Post a Comment