My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Saturday, June 18, 2011

सीता

सीता नेपालको प्राचिन मिथिला प्रदेश (Now : Dhanusha District of Janakpur Zone )    भन्ने ठाउमा राजा जनककी छोरीको रुपमा जन्मलिएकी थिइन्   यिनी एक आदर्श नारी आचरणको एक उज्जवल नक्षत्र भएकी नारी थिइन् यिनलाई अर्को दशरथकी बुहारी र मर्यादा पुरुषोत्तम रामकी पत्नी भनेर चिनिन्छ  यिनको अयोध्याका राजकुमार रामसंग पराक्रम विवाह भएको थियो  दरबारको सुखसयललाई त्यागेर रामसंगै वनवास लागेकी सीताले वनमा रहदा अनेकौ दु:ख कष्ट सहेर पनि पतिको सेवामा  सधै समर्पित रहिन  लंकाका राजा रावणले पंचवटी (Current this place is Godhawai of Nepal , Near Kathmandu City) बाट यिनलाई अपहरण गरी अशोक बाटिकामा राखेर अनेक प्रलोभन, डर, त्रास, र धम्की देखाउदासमेत यिनको चरित्र बलका अगाडी राजा रावण झुक्न वाध्य भएको थियो 
जब १४ वर्ष वनमा बसी रावण माथि रामले विजय प्राप्त गरीसकेपछि सीता रामको साथमा घर फर्किन  तर लामो समयसम्म रावणबाट अपरित भइ लंकामा विताउनु परेको त्यो क्षणलाई लिएर कतिपय मानिसहरुले सीताको चरित्रमाथि  शंका उठाएका कारण यिनी अग्नि परिक्षामा उतारिन  भन्नेले जे भने पनि पतिब्रता नारी सीता परिक्षामा उत्री आफ्नो शुद्धताको परिचय दिइन्  
तर एकदिन धोवीको आक्षेपका कारण राम द्वारा सीता त्यागिन पुगिन र पुन: वनवास पठाइयो  जुन बेला उनी गर्भवती थिइन् । वनवासको त्यो समयमा बाल्मिकी ऋषिको आश्रममा शरण लिन पुगेकी सीताले दुई पुत्रहरू लव कुशलाई जन्म दिई हुर्काइन 
यी यस्तै अनेकौ त्याग, तपस्या, सहनशीलता कर्तव्यपरायणता जस्ता महान गुणले युक्त सीताको जीवनगाथाले हामी अहिलेका मानव समुदायलाई आफ्नो कर्तव्य प्रति सधै सजग र समर्पित रहन प्रेरित गरिरहेको छ  यसैले त आज यिनलाई एक महान विभूतिका रुपमा सम्मानित गरिन्छ 

No comments:

Post a Comment