चान्गुनारायणको शिलालेखबाट ज्ञात हुन्छ कि शाके सम्बत ३८६ देखि ४१३ सम्म नेपालमा राज्य गरेका थिए। यिनी अत्यंत पराक्रमी तथा वीर योद्दा थिए। यिनको राज्य उत्तरमा हिमाल सम्म पश्चिममा Gandaki पारिसम्म र पूर्वमा कोशिसम्म फैलिएको थियो। यिनी धर्मात्मा थिए। चारैतिर विजय गरी फर्केपछि ठूला ठूला यज्ञ गरी ब्राह्रमणलाई प्रशस्त दान दिए र चागुनारायण को पूजा चलाए। मान गृह नामको राजप्रसाद्को निर्माण र मानांक मुद्रा प्रचलन गराएका थिए। त्यसैले यिनलाई स्वतंत्र तथा विस्तृत नेपाल राष्ट्र प्रमाणित राजा मानिन्छ।
No comments:
Post a Comment